इटहरीःमोरङ निवासी नेकपा एमालेका पुराना नेता गुरु बराललाई  नेकपा एमालेले रिक्त रहेको उपाध्यक्षमा मनोनीत गरेको छ । बिहिबार बसेको पार्टीको सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहेका बराललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले उपाध्यक्ष पद खाली थियो । बरालले यसअघि बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालेका थिए ।