भोजपुरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको यशोधरा माविको भवन शिलान्यास गरेका छन् ।

वि.सं २०७२ को भूकम्पले क्षतिग्रस्त भएको विद्यालय भवन जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत् निर्माण हुन लागेको हो । आयोजना कार्यान्वयन एकाइको ६८ लाख ३५ हजार अनुदानमा ४ कोठे पक्की भवन बन्ने भएको हो ।

भवन शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राईले विद्यालयलाई प्रदेश सरकारका तर्फबाट ५ लाख बराबरको बाली विज्ञान कृषि सामग्री खरीदका लागि तत्काल सहयोग उपलब्ध गराउने बताए । विद्यालयले विस्तृत परियोजना प्रतिवेदन तत्काल तयार गरेमा ५ करोड ५१ लाख बराबरको अत्याधुनिक यशोधरा बहुउद्देश्यीय भवन नगरपालिकासँगको लागत साझेदारीमा शुरु गर्न सकिने पनि राईले सङ्केत गरेका थिए ।

ई लर्निङका लागि प्रदेशभरिका १ सय विद्यालयमध्ये यशोधरालाई दोस्रो नम्बरमा राखी यही वर्षबाट सहयोग उपलब्ध गराउने प्रतिबद्वता पनि राईले व्यक्त गरेका थिए ।

sher dhan rai schoo silnyas bhojpur  (1)