खोटाङः खोटाङको केपिलासगढी गाउँपालिका–३ बाँसपानीमा सुविधासम्पन्न स्वास्थ्यचौकी निर्माण हुने भएको छ । प्रदेशसभा सदस्य राजन राई र केपिलासगढी गाउँपालिका प्रमुख कृष्णकुमार राईले संयुक्त रूपमा सो भवनको बुधबार शिलान्यास गरेका छन् ।
अमेरिकी संस्था डिटुएन फाउण्डेसनले उक्त भवन निर्माणका लागि ५८ लाख उपलब्ध गराएको र स्थानीयवासीबाट २० प्रतिशत श्रमदान जुटाइने बताइएको छ ।
आगामी वैशाख मसान्तभित्र निर्माण सम्पन्न गरिने सो भवनमा बर्थिङ सेन्टर पनि राखने भवन निर्माण समितिका संयोजक नारायण राईले बताए ।