धरानः धरानका मेयर हर्क साम्पाङले धरान जनताको ढाड सेक्ने गरी बृद्धि गरेको खानेपानीको शुल्क अन्तत फिर्ता गरेका छन् ।
खानेपानी शुल्कबृद्धिका विरुद्ध धरानका १० दलले आन्दोलन चर्कापछि आइतबारको वार्तापछि भएको तीन बुँदे सहमतिमा साम्पाङले खानेपानीको बृद्धि गरेको शुल्क फिर्ता लिएका हुन् ।
आइतबार दिउसो २ः३० देखि बसेको वार्तामा ६ घण्टा पछि १० राजनीतिक दलसग उपमहानगरपालिकाको तर्फबाट मेयर साम्पाङल तीन बुदेँ सहमति गरेका हुन् ।
माओवादी नेता चोत्लुङका अनुसार धरान खानेपानी महशुल वृद्धि महशुल तथा शुल्क स्थगित गर्ने, खानेपानी बोर्डको पुर्णता बारे अदालतको फैसर्ला मान्ने र ७ दिन भित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ ।
साम्पाङले आफुखुशी ९ हजार ९ सय प्रतिशतसम्म खानेपानीको शुल्क बढाए पछि १० दलहरूले सडक आन्दोलन गर्दै आएका थिए ।
राती सम्म पनि सहमति नहुने संकेत लेखेर बाहिर बसेका उपभोक्ता तथा राजनीतिक दलका कार्यकर्ताहरूले उपमहानगरको गेट अगाडि मोटरसाइकल तथा ट्याम्पो राखेर वार्ता टोलीलाई भित्रै थुनेका थिए । वार्तामा सहमति भएको खवर आए पछि गेटमा गरिएको अवरोध हटाइएको थियो ।