काठमाडौँः बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापवाही गरेका कारण १ लाख रुपैयाँ जरिवाना गरिएको छ । चौथो पटक अनुगमन गर्दा पनि अवस्थामा सुधार नभएको र सुधार गर्ने प्रयास पनि नभएको देखिएपछि जरिवाना तिराइएको हो । 

२०८० फागुन ११ गते पहिलो पटक अनुगमन भएको थियो । त्यस दिन नर्सिङ् स्टेशनमा मेडिसिन ट्रली नभएको, भित्री कक्षहरुमा फोहर हाल्ने बाल्टिन नभएको देखिएपछि अनुगमन टोलीले रङ्ग संकेतसहितको बाल्टिनहरु फोहर उत्पादन हुने ठाउँमा राख्न अनुरोध गरेको थियो । अनुगमनबाट फर्किएपछि हानीकारक फोहर निर्मलीकरण गर्ने प्रणाली स्थापना गर्न पत्राचार गरियो । 

चैत ६ गते महानगरपालिकाले स्वास्थ्यसंस्थाजन्य फोहर व्यवस्थापनमा कमजोरी भएका अस्पतालका कर्मचारीका लागि तालिम कार्यक्रम आयोजना गरेको थियो । तालिममा बुद्धमाईबाट प्रमुख प्रशासकीय अधिकृत राजेश तण्डुकार आफैँ सहभागी भएका थिए ।

तालिम सञ्चालन भएको भोलिपल्ट अनुगमन टोली फेरि अस्पतालमा पुग्यो । अवस्था पहिलेकोभन्दा फरक थिएन । हानीकारक फोहर र सामान्य फोहर एकै ठाउँमा थियो । हानीकारक फोहरका विषयमा गरिएको प्रश्नमा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत तण्डुकारले, प्रदर्शनी मार्गको काठमाडौँ मोडेल अस्पतालसँग सम्झौता गरेर व्यवस्थापनका लागि त्यतै पठाउने गरेको बताए  ।

c7c58af7-af44-430d-865f-1024dc90e8c4

उनको कुराको तथ्य जाँच गर्न वातावरण निरीक्षक सृष्टि श्रेष्ठले मोडेल अस्पतालका नर्सिङ् प्रमुखलाई फोन सम्पर्क गर्दा सोध्दा यो सूचना गलत भएको प्रमाणित भयो । कुराकानीका क्रममा तण्डुकारले, कार्टुनमा प्याक गरेर निजी गाडीको डिकीमा राखेर हानीकारक फोहोर मोडेल लैजाने गरिएको बताएका थिए  । अनुगमन टोलीले गलत सूचना प्रवाह नगर्न सचेत गरायो । 

२०८१ बैशाख १७ गते महानगरपालिकाबाट सामान्य फोहर संकलन गर्न गएको सवारी चालकले सामान्य फोहरमा संक्रमित फोहर देखेपछि फोहर संकलन रोकेर १५ हजार रुपैयाँ जरिवाना गरिएको थियो । 

अनुगमनका क्रममा गएको भदौ २२ गते अस्पतालमा तेस्रो पटक अनुगमन भयो । यसबेला भएभरको फोहर एकै ठाउँमा जम्मा गरिएको थियो । अटोक्लेभ मेसिन थिएन । फोहर निर्मलीकरण गर्ने र व्यवस्थापन गर्ने योजनाका विषयमा अस्पताल प्रशासनले योजना दिन सकेन । यसो भएपछि अनुगमन टोलीले, हानीकारक फोहर निर्मलीकरण गरेर सामान्य बनाउन सुधारको मौका दियो र फर्कियो । 

1a70600e-2544-465b-8707-ec09fa8e84cf

तेस्रो मौकालाई अस्पतालले कसरी उपयोग गरेको छ, हेर्नका लागि बिहिबार टोली फेरि अस्पताल पुग्यो । अस्पताल पुग्दा जम्मा गरेको फोहर खाली थियो । फोहर थुपारिएको कोठामा वाफ बाहिर उडिरहेको अटोक्लेभ राखिएको थियो । अटोक्लेभभित्र निर्मलीकरणका लागि राखिएका बस्तुमा ताजा अवस्था रङ्गमाभन्दा कुनै परिवर्तन थिएन । 

यस अघि थुपारिएको फोहरका खोइ त ? प्रश्नको जवाफमा तण्डुकारले अटोक्लेभमा निर्मलीकरण गरेर महानगरपालिकाको गाडीमा पठाएको बताए । अनुगमन टोलीले राम्ररी निर्मलीकरण नभएको फोहर महानगरपालिकाले उठाउन नसक्ने जनाउँदै फोहर संकलन गर्ने सवारी साधनका चालकलाई बोलायो । चालक आएपछि तण्डुकारले बोली फरे । यो फोहर त कवाडीले लाने गरेको छ । 

ढाँटेको कुरा लुकाउन तण्डुकारलाई निकै कठिन भयो । टोलीले तण्डुकारलाई काठमाडौँ प्लाजास्थित वातावरण व्यवस्थापन विभागमा बोलाएर अस्पतालजन्य फोहर व्यवस्थापन नगर्दा हुने दण्ड जरिवानाका विषयमा भएको कानुनी व्यवस्था बुझायो । अवस्था सुधार देखिएन जरिवाना तोकिने भयो । अव के गर्नुहुन्छ ? जवाफमा तण्डुकारले भने, ‘’ । यति भएपछि सुधार हुन्छ कि, अनुगमन टोलीले आशा गरेको छ ।