इलामः डा. गाेविन्द केसीको अनसनको विरोधमा काठमाडौंबाट आएका विजय थापाले भने अर्को अनसन थालेका छन । ओखलढुङ्गाका सिस्नेरी स्थायी घर भएका विजय थापाले हालै शिक्षा तथा स्वास्थ्य समितिले बहुमतबाट पारित गरी संसदमा दर्ता गराएको चिकित्सा विधेयक पास गर्नुपर्ने लगायत ९ बुँदे माग सहित इलाम चोकबजारको लाकुरी चौतारामा सत्याग्रह सुरु गरेका हुन् ।

त्यस्तै काठमाडौं उपत्यका बाहिर देशभरी नै मेडिकल कलेज खुवाउने वातावरण निर्माण गुर्नपर्ने, सरकारी तलब सेवासुविधा लिएर राजनीति गर्ने सरकारी कर्मचारीलाई सरकारी सेवाबाट बर्खास्ती गरि कारवाही गरिनुपर्ने, बलत्कार जस्तो जघन्य अपराधलाई निरुत्साहित गर्न दोषीलाई फाँसीको सजायको व्यवस्था गरिनुपर्नेलगायतको माग उल्लेख छ ।

Maghesankranti Mahotsav