संखुवासभाः संखुवासभामा एक दशक अघि देखि ओरालो लागेको अलैँचीको मूल्यमा यो वर्ष केही सुधार आएको छ । नेपालको कालो सुनको रुपमा चिनिदै आएको अलैँचीको मूल्य प्रतिमन ९४० किलो० ९० हजार रुपैयाँ पुगेको छ । झण्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजार रुपैयाँ सम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजारसम्म आएको थियो ।

हाल अलैँचीको मूल्य प्रतिमन ९० हजार रुपैयाँ रहेको अलैँची ब्यवसायी महासंघ संखुवासभाका अध्यक्ष कुमार श्रेष्ठले बताए । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको हो । उत्पादन कम माग बढी भएका कारणले अलैँचीको मूल्य वृद्धि भएको अध्यक्ष श्रेष्ठले बताए । गत बर्ष ६०–६५ हजार रुपैयाँ कारोवार भएको अलैचीँ अहिले ९० हजार रुपैयाँमा कारोवार भइरहेको छ ।

अलैचीँ उत्पादनमा गिरावट भएका कारण पनि मूल्य वृद्धि भएको ब्यवसायी श्रेष्ठले बताए । ग्रेडिङ राम्रो भएको अलैचीँ ९० हजार र ग्रेडिङ नभएको नर्मल अलैचीँ ८७ हजार रुपैयाँ कारोवार भइरहेको ब्यवसायीको भनाइ छ । पछिल्लो समय भारत,पाकिस्तान लगायतको देशमा अलैँची निर्यात हुन थालेपछि मूल्य समेत बढेको छ । जिल्लाका किसानको मुख्य आम्दानी स्रोत मानिने अलैंचीको मूल्य यस वर्ष सिजनको सुरुवातदेखि नै बढ्दो क्रममा रहेको अलैंची व्यवसायी महासंघले जनाएको छ ।

मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चिनले अध्ययन सुरु गरेको ब्यवसायी बताउँछन् । ९८ प्रतिशत अलैँची नेपाल बाहीर निर्यात हुने गरेको पाइन्छ। अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट कृषकले भने प्रत्यक्ष फाइदा लिन सकेका छैनन् । संखुवासभामा दुई हजार आठसय ७१ हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ ।

अलैंची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो । अधिकांश अलैँची बगानमा पुरानो बोट भएकाले उत्पान घट्नुका साथै बोट समेत डढ्ने गरेको कृषकको गुनासो छ। यस वर्ष भने अलैँचीको उत्पादन घट्ने महासंघको अनुमान छ । अलैंची संखुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ । पछिल्लो समय नेपालका ४३ जिल्लामा अलैँची उत्पादन हुने गरेको पाइन्छ । नेपालमा उत्पादित अलैंचीको बजार भारत हो ।

जिल्लाका किसानको मुख्य आम्दानी स्रोत मानिने अलैंचीको मूल्य यस वर्ष सिजनको सुरुवातदेखि नै बढ्दो क्रममा रहेको अलैंची व्यवसायी महासंघले जनाएको छ । मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चिनले अध्ययन सुरु गरेको ब्यवसायी बताउँछन् ।

९८ प्रतिशत अलैँची नेपाल बाहीर निर्यात हुने गरेको पाइन्छ। २ प्रतिशत मात्र स्वदेशमा खपत हुनेगरेको तंथ्याक छ। अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट कृषकले भने प्रत्यक्ष फाइदा लिन सकेका छैनन् । संखुवासभामा दुई हजार आठसय ७१ हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । जिल्लामा गतबर्ष ९ सय ४० मेट्रिकटन अलैँची उत्पादन भएको थियो । यस वर्ष भने अलैँचीको उत्पादन घट्ने महासंघको अनुमान छ ।

अलैंची संखुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ । पछिल्लो समय नेपालका ४३ जिल्लामा अलैँची उत्पादन हुने गरेको पाइन्छ । व्यवसायीका अनुसार अलैंचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ । नेपालमा उत्पादित अलैंचीको बजार भारत हो ।

अलैंची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो । अधिकांश अलैँची बगानमा पुरानो बोट भएकाले उत्पान घट्नुका साथै बोट समेत डढ्ने गरेको कृषकको गुनासो छ।