झापाः झापाको कमल गाउँपालिका र भद्रपुर नगरपालिकामा हिजो भएका दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा पाँचथर लोलीमा गाउँपालिकाका ५० वर्षीय भीमबहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–४ स्थित ज्योतिचोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४४०७ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको मे १ ज १६८१ नम्बरको कार एकापसमा ठक्कर खाएका थिए । दुर्घटनामा कार चालक इलाम फाकफुक गाउँपालिका–१ का २३ वर्षीय अमृत खड्गा र कारमा सवार बुढाथोकी गम्भीर घाइते भएका थिए ।

दुर्घटनाबाट गम्भीर घाइते उनीहरूको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगरस्थित न्युरो पठाइएको र उपचारको क्रममा बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।