ताप्लेजुङः ताप्लेजुङको मिक्वाखोला–४ का प्रतापसिंह साँवा लिम्बूको हत्या गरेको आरोपमा सोही ठाउँकै १८ वर्षका विनम लिम्बू र १९ वर्षका रोशन लिम्बूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्ला अदालतको आदेशअनुसार उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जनाए । गाईले बाली खाएको विषयमा विवाद हुँदा ३२ वर्षीय प्रतापसिंहको हत्या भएको थियो ।