ताप्लेजुङः ताप्लेजुङ प्रहरीले ३ राउण्ड गोलीसहित १ थान रिभल्बर फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयबाट शुक्रबार गस्तीमा खटिएको प्रहरीे टोलीले फुङलिङ नगरपालिका–७ को जङ्गलबाट सो रिभल्बरसहित गोली फेला पारेको हो ।

ढुङ्गाको पहरामा च्यापभित्र प्लाष्टिकको झोलाभित्र राखिएको अवस्थामा उक्त हतियार फेला पारिएको प्रहरीले जनाएको छ । तर सो हतियार लुकाउने व्यक्ति फेला नपरेकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले बताए ।