दमकः ३ दिनअघि आगलागीबाट घरवारविहीन भएका झापा दमक नगरपालिका–२ स्थित डाकिनीका हरिप्रसाद निरौलालाई वडा कार्यालयले घर बनाउन जस्तापाता सहयोग गरेको छ ।
सिलिण्डर ग्यास पड्किएर निरौलाको काठेघर जल्नुका साथै तीन पशुचौपायासमेत जलेर मरेका थिए । आगलागीपिडित निरौला परिवारलाई पुनःस्थापित गराउन वडा कार्यालयले घर निर्माणका लागि चाहिने जस्तापाता सहयोग गरेको वडाध्यक्ष प्रजापति सापकोटाले बताए ।
सापकोटाका अनुसार पीडितलाई करीब ४४ हजार १ सय ६० रुपैयाँ मूल्यबराबरको जस्तापाता सहयोग गरिएको हो । यस्तै, घर निर्माणका लागि वडाध्यक्ष सापकोटाले व्यक्तिगत रूपमा नगद ५ हजार, गुणराज थापाले १० हजार, श्रीकृष्ण प्रणामी युवा परिषद्ले १० हजारसमेत पीडित परिवारलाई सहयोग गरेको बताइएको छ ।