झापाः झापाको शिवसताक्षी नगरपालिका–२ र ७ जोड्ने बनियानी खोलाको पुल सञ्चालनमा आएको छ । नगरप्रमुख चन्द्रकुमार शेर्माले नवनिर्मित सो पुलको आइतबार उद्घाटन गरे ।
नगर प्रमुख शेर्माले वर्षांैदेखि उक्त खोलामा पुल नहुँदा आवतजावतमा समस्या भएकाले अब स्थानीय जनतालाई पुल सञ्चालनले ठूलो राहत मिलेको बताए । खोलामा पल नहँुदा त्यस क्षेत्रका बासिन्दाले वर्षायामभरि आवगमनमा कठिनाइ भोग्दै आएका थिए ।
३२ फुट लम्बाइ र २४ फुट चौडाइ रहेको पुल ४५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।