झापाः झापाको कमल गाउँपालिका–७ को कार्यालय भवन निर्माणका लागि स्थानीय दाताले पाँच कट्ठा जमीन निःशुल्क उपलब्ध गराएका छन् ।
कमल गाउँपालिका–७ घर भएका आमा देवीमाया तथा छोरा टङ्क र गोविन्द चौलागार्इंले संयुक्त रूपमा करीब ३० लाख मूल्य पर्ने ५ कट्ठा जग्गा दान दिएको वडा कार्यालयले जनाएको छ ।

सो जग्गा वडा कार्यालयको नाममा पास गरिसकिएको वडाध्यक्ष पृथीपति राईले बताए । दाता परिवारले स्थानीय सरस्वती माध्यमिक विद्यालय नजिकै दान दिएको जग्गामा यसै वर्षदेखि वडा कार्यालयको भवन निर्माण शुरु गरिने वडाध्यक्ष राईले बताए ।