विराटनगरः नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सङ्घीयता कार्यान्वयनमा राज्यको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्घीयता कार्यान्वयनमा नेपाली काङ्ग्रेसको सहयोग रहने बताए । माघ १० गते हुने पार्टीको केन्द्रीय समितिको बैठकबाट पार्टीभित्र दिगो एकता कायम हुने चर्चा गर्दै अब पार्टीभित्र एकताको कुनै विकल्प नरहेको बताए ।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई वाइड बडी विमान विवादमा जोड्नु गलत भएको उल्लेख गर्दै उनले लेखा समितिले विमान खरीद अनियमिततासम्बन्धी छानबिन कार्य गरिरहेकाले टुङ्गोे लाग्नु अगावै छानबिन आयोग गठन गर्नु आवश्यक नभएको उनको भनाइ थियो ।