वराहक्षेत्रः सुनसरीको वराहक्षेत्र नगरपालिका–५ स्थित चारकोसे झाडीमा रुखबाट लडेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४८ वर्षीय दुर्गाबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
जङ्गलमा घाँस काट्न गएको बेला अन्दाजी ४० फिटमाथि कुम्भीको रुखबाट लडेर उनको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले बताए ।