इनरुवाः नेकपा निकटका २ वटा शिक्षक सङ्गठनबीच एकीकरण भएको छ । सुनसरी सदरमुकाम इनरुवामा शनिबार सम्पन्न भएको एकता भेलामा नेकपा निकटका २ शिक्षक सङ्गठनबीच एकीकरण भएको हो ।

पूर्व नेकपा माओवादी केन्द्रको भातृसंस्थाको रूपमा रहेको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन सुनसरी र पूर्व नेकपा एमालेको निकट रूपमा रहेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनबीच एकीकरण भएको कार्यदल सदस्य सत्यनारायण मेहताले बताए ।

सुनसरीमा पार्टीको एकीकरणको निर्णयअनुसार शिक्षक सङ्गठनको एकीकरण भएको सदस्य मेहताले बताए । एकीकरण भेलाबाट रामबहादुर विष्टको संयोजकत्वमा ६५ सदस्यीय समिति एकीकृत सङ्गठन निर्माण गरिएको बताइएको छ ।

एकीकृत सङ्गठन समितिको सह संयोजकमा भोजराज न्यौपाने चयन भएका छन् । त्यसैगरी सदस्यमा बेचन यादव, चिरञ्जीवी रेग्मी, बद्री कार्की, रमानन्द मण्डल, सकिला सुब्बा, सरितादेवी मेहता, प्रभुनारायाण चौधरी, बोधराज घिमिरे, सत्यनारायण मेहतालगायतका रहेका छन् ।

देशभरका जिल्लामा एकता प्रयास जारी रहेको बेला सुनसरीमा २ सङ्गठनको एकता भेलाबाट एकीकृत सङ्गठनको समितिसमेत सार्वजनिक गरेको छ ।

Maghesankranti Mahotsav namje