इलामः चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसीले इलाममा शुरु गरेको १६ औं सत्याग्रहको आज पाँचाँै दिन पूरा भएको छ ।
पाँचौं दिनको दिन केसीको समर्थनमा इलामका ज्येष्ठ नागरिकले केसीको समर्थनमा र्याली निकालेका छन् । केसीको माग पूरा गर्न सरकारलाई दबाब दिने उद्देश्यले र्याली निकालेको बताइएको छ ।

इलामको फूलगाछीबाट निस्केको र्याली इलाम बजार परिक्रमा गरी चोकबजारमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै इलामका अग्रज व्यक्ति भूमि ढुङ्गानाले डा. केसीका माग जायज भएकाले माग पूरा गर्न सरकारलाई आग्रह गरे ।
केसीको १६ औं अनसनको पाँचाँै दिन बितिसक्दा पनि सरकारले उनको मागप्रति कुनै चासो नदिएको र केसीका मागबाट सरकार पन्छिन खोजेजस्तो देखिएको उनले बताए ।

डा केसीका माग पूरा गर, स्वास्थ्य र शिक्षाको व्यापारीकरण बन्द गर, हत्या हिंसा र बलत्कार अन्त्य गरलगायतका प्लेकार्डसहित स्वतःस्फूर्त रूपमा र्याली निक्लिएको थियो । गत १० साउनमा सरकारसँग भएको सहमतिविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बुधबार संसदीय समितिले पारित गरेपछि डा. केसीले ६ बुँदे मागसहित सत्याग्रह थालेका हुन् ।

Maghesankranti Mahotsav namje