पथरीः वैदेशिक रोजगारीमा रहँदा दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका मोरङको पथरी शनिश्चरे–९ का ३९ वर्षीय वीरबहादुर शेर्मालाई १ लाख ५ सय रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

स्वदेश तथा विदेशमा रहेका नेपालीद्वारा सङ्कलन गरिएको सो रकम प्रदान गरिएको हो । मलेशियामा सङ्कलित ५० हजार रुपैयाँ, कोरियामा सङ्कलित ३६ हजार रुपैयाँ र नेपालमा सङ्कलित १४ हजार ५ सय रुपैयाँ प्रदान गरिएको जनाइएको छ ।

सङ्कलित रकम झापा, शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले घाइतेकै घरमा पुगेर प्रदान गरेका थिए । साउदी अरबको रियादस्थित कृषि फाराममा कार्यरत रहँदा २०७४ साउन २२ गते दुर्घटना हुँदा चोट लागेपछि उनको दायाँ खुट्टा काट्नुपरेको थियो ।