दुहबीः दुहबीबाट एक हप्ता अघिदेखि हराएका बालक भारतको कटिहार बालगृहमा फेला परेका छन् ।

चाइल्ड वेलफेयर कम्युनिटी कटिहारले दुहबी– २ बस्ने १२ वर्षीय बालक प्रेमकुमार चौधरीलाई कटिहार रेल्वे स्टेशनमा फेला पारेको बालकका पिता रामकुमार चौधरीले बताए ।

बालक बेपत्ता भएपछि उनका आफन्तले इलाका प्रहरी कार्यालय दुहबीमा बालकको खोजीका लागि निवेदन दिएका थिए । सशस्त्र प्रहरी बल पकली सुनसरीमा कार्यरत बालकका पिता रामकुमार चौधरीले गत बुधबार पत्रकार सम्मेलन गरी हराएको छोरा अपहरणमा परेको हुन सक्ने बताएका थिए ।