इलाम: डा. गोविन्द केसीलाई सरकारले पटकपटक धोका दिएको केसीका वार्ता टोलीका संयोजक डा. अभिषेकराज सिंह गुनासो गरेका छन । सरकारले सम्झौता कार्यान्वयन नगरेर धोका दिएको उनको भनाई छ ।

डा. केसी अनसन स्थल इलाममा पत्रकारहरुसँग कुराकानी गर्दै उनले माथेमा आयोगले बुझाएको प्रतिवेदन लुकाएको, चिकित्सा शिक्षा आयोगलाई कमजोर वनाउन सरकार लागी परेको, माफियाहरुलाई अझ उक्साउने किसिमको विधेयक संसदमा पेश गरेको भन्दै यस्ता विषयवस्तु प्रति तत्काल सच्याइनु पर्ने माग गरेका छन ।

यस अघि डा. केसी सँग भएका सम्झौता सरकारले तोडमोड गरेको केसीका समर्थक तथा वरिष्ठ अभिबक्ता डा. सुरेन्द्र भण्डारीले वताए । ‘डा. केशीसँग जे सम्झौता भएको थियो सोहि बमोजिम कार्यान्वयन गर्नु नै अन्तिम विकल्प हो ।’ वरिष्ठ अधिवक्ता भण्डारीले भने ।

उनले यि मागहरुको समस्या पनि सरकार रहेको र समाधान पनि सरकार नै भएको भन्दै मागप्रति बेवास्ता नगर्न आग्रह गरे । आइतबार डा. केसीका निकटतम् अभिषेकराज सिंह, वरिष्ठ अधिबक्ता डा. सुरेन्द्र भण्डारी, प्रदेश नम्वर ३ प्रदेशसभा सांसद तथा केसीका अभियन्ता रमेश पौडेल लगायत इलाम आएर सरकारले डा. केशीका मागप्रति बेवास्ता गरेको वताए ।

यस अघि जस्तो अनसन यो नभएको भन्दै सत्याग्रह कार्यान्वयन नभएसम्म स्थगित नहुने समेत उनीहरुको भनाई छ ।