फाइल तस्बिर

तेह्रथुमः कुनै बेला दलित समुदायले मात्र बजाउँदै आएको नौमती बाजा लोप हुन लागेको भन्दै तेह्रथुमका गुरुङ समुदाय तिनको संरक्षणमा जुटेका छन् ।

बाजा बजाएकै कारण अन्य समुदायबाट अपहेलित हुनुपर्दा गाउँका दलित समुदायले बजाउन छाडेका थिए । त्यसपछि बाजा सङ्कलन गरेर म्याङलुङ नगरपालिका–७ हरिसे बस्तीका गुरुङ समुदायले बाजा संरक्षणका लागि अभियान थालेका छन् ।

विशेष गरेर शुभकार्यमा बजाइने यी बाजा दलित समुदायले बजाउन छाडेपछि गाउँघरमा हुने विवाह, व्रतबन्धजस्ता शुभकार्य सुनसान बन्न थालेका थिए । गाउँमा रहेका करीब ४० घरधुरीका गुरुङ परिवार अहिले घरका सारा काम थाँती राखेर दलितले बजाउने पञ्चेबाजा र नौमती बाजा सङ्कलन गरी बजाउन सिक्दैछन् । गुरुङ समुदायले विगत ३ वर्षदेखि गाउँघरमा हुने विवाह लगायत शुभकार्य र खुसीको समयमा पञ्चे र नौमती बाजा बजाउने गरेका छन् ।\

Itahari food festival 2

गुरुङ समुदायलाई पनि शुरुमा दमाईँले बजाउँदै आएको बाजा बजाउन त्यति सजिलो चाहिँ भएन । गाउँका केही पढेलेखेका र लोक संस्कृतिका बाजा रुचाउने दुई÷चार जना मिलेर बाजा बजाउन शुरु गर्दा धेरैले दलितकै उपमा दिएको स्थानीय नवीन गुरुङ बताउँछन् ।

यसरी सङ्गठित भएका गुरुङ समुदायले सहनाइ, झ्याम्टा, दमाहा, ढोलकी, मादल, नरसिंहा, नगरा, ट्याम्कोलगायत बाजा खरिद गरेर ल्याएका छन् । अहिले गाउँका ब्राह्मण परिवारका युवायुवती तथा बुढापाकालाई पनि यी बाजा बजाउने तालीमका साथमा प्रशिक्षणसमेत दिइँदैछ ।

गाउँगाउँमा छरिएर रहेका लोकबाजा, लोक संस्कृति, लोकनृत्यलगायत कलाको संरक्षण र जगेर्ना गर्न राज्यले सहयोग गर्नुपर्नेमा कहीँकतैबाट सहयोग नपाएकामा सो समुदायले गुनासो गरेको छ ।

Maghesankranti Mahotsav