विराटनगर: प्रदेशनिर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्र्तगतआफ्नो निर्वाचन क्षेत्रमाप्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बजेट बाडफाँड गरेका छन् । पूर्वाधार विकास कार्यक्रमको २ करोड बजेट भोजपुर क्षेत्र नं २ प्रदेश सभा सदस्य समेत रहेका राईले बाडफाँड गरेका हुन । 

उनकाे निर्वाचन क्षेत्रमाआमचोक, हतुवागढी र रामप्रसाद राई गाउँपालिका पर्दछन् । त्यस्तै ट्याम्के मैयुङगाउँपालिकाको साविकका लेखर्क, गोगने र कोटका चार वटा वडा पर्दछन् । त्यस्तै पौवादुङ्मा गाउँपालिकाको च्यांग्रे, सानोदुम्मा, ठूलोदुम्मा र वास्तिम गरेर चारवटा वडा पर्दछन् ।
भोजपुर नगरपालिकाको साविकका टक्सार आम्तेक र भोजपुर गाविसका वडाहरु प्रदेश निर्वाचन क्षेत्र २ मा पर्दछन् । मुख्यमन्त्री राईले निर्वाचन क्षेत्रमागएर कार्यक्रम छनौट, सञ्चालनतथाव्यवस्थापन समितिको बैठकबाट सर्वसम्मत ढंगले बजेट बाडफाँड गरेका हुन् । 

समितिमा सम्बन्धितनिर्वाचन क्षेत्रबाट निर्वाचित सांसद संयोजक, समानुपातिकप्रदेश सांसद सदस्य, जिल्ला समन्वय समितिकाप्रमुखउपप्रमुख, सम्बन्धितनिर्वाचन क्षेत्रकानगरपालिका, गाउँपालिकाप्रमुख सदस्य रहने व्यवस्था छ । त्यस्तै जिल्ला समन्वयअधिकारी सदस्य सचिव रहेन कार्यविधिमा व्यवस्था छ ।

बजेट बाडफाँड गर्दा पाँचलाखदेखि माथि १६ वटा योजनाभित्र रहेर गर्नुपर्ने प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम (संचालन) नियमावली, २०७५ मा उल्लेख छ । मुख्यमन्त्री राईले सडक, विद्युतविस्तार तथाभौतिकपूर्वाधारको क्षेत्रमा बजेट बाडफाँड गरेका हुन । 

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्र्तगत छनोट गरिएका योजनाहरु चाडै सम्झौता गरी प्रभाकारी ढंगले कार्यान्वयन गर्न मुख्यमन्त्री राईले सम्बन्धितपक्षलाई आग्रह गरेका छन् । योजनाहरुको माग धेरै भएकाले कार्यविधिको अधिनमा रहेर बजेट बाडफाँड गर्नुपरेको मुख्यमन्त्री राईको भनाई छ । छुटेका योजनाहरु आगामीकार्यक्रममा समावेश गरिने मुख्यमन्त्री राईले बताए ।

बजेट बाडफाँडकोे सूची हेर्नुहोस्:
हतुवागढी पेकलादितेनीलुङ्गीन हतुवागढी २ कावाखोला लघुजलविद्युतविस्तार २५ लाख

आम्चोक ३ थिदिंखाचुमाराङ्गथर्पुडाँडा माङ्गतेलाएखुवाखोला सडक १० लाख

पौवादुम्मा – मिरा राई सामुदायिकविकास केन्द्र भवननिर्माण २० लाख

आम्चोक–१० पांचाचिउरीभञ्ज्याङ्गधारापानी सडक मर्मत तथानिर्माण २२ लाख

रामप्रसाद राई वैकुण्ठे भुइदल घलेगाउँविद्युतविस्तार७लाख

भोजपुर नपा एयरपोर्ट जाने सडक मोडदेखि वुद्धविहार हुदै दारेगौडा जोडने सडक निर्माण १० लाख

भोजपुर न.पा. टक्सार पुरानो डवलीदेखि जुकेखोला सम्मको सडक स्तरोन्नति १० लाख

भोजपुर नपा किराँत राई यायोख्खाभोजपुर सभाहलतथामाङ्गखिमनिर्माण १० लाख

हतुवागढी हसनपुर जनसेवामावि कम्पाउण्ड वालनिर्माण÷खेलमैदाननिर्माण १० लाख

भोजपुर नपाआम्तेक राङ्गभाङ्गगे जाल्पादेवीमन्दिर भवननिर्माण ५ लाख

रामप्रसाद राई गाउँपालिका–८ वासीखोरा भञ्ज्याङ्ग रक्सुवा सडक निर्माण ९ लाख

हतुवागढी सिन्द्राङ्गवालाङ्गखीम चेम्खावाराताङ्गदुम्रे सडक १० लाख

भोजपुर नपामहिलातथावालवालिकापीडित सेभहाउस निर्माण १५ लाख

भोजपुर नपा – ७पुष्पश्रेष्ठको घरवाट जनसेवाहुदै शनिवारे हटिया जाने सडक निर्माण १० लाख

पौवादुम्मा दुुम्माली संग्राहलयभवननिर्माण च्याङ्गग्रे १५ लाख

टयाम्के मैयुङगा.पा. ७ कोट विद्युतविस्तार १० लाख

कार्यविधिअनुसारकोप्रशासनिकखर्च २ लाख