इटहरीः माघे संक्रान्ति पर्वको अवसरमा सुनसरीको वराहक्षेत्र नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले माघे संक्रान्ति अर्थात् माघ १ गते १ दिन स्थानीय बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाभित्र रहेको वराहक्षेत्र मन्दिर तथा चतरा लगायतका क्षेत्रमा मेला लाग्ने भएकाले स्थानीय बिदा दिने निर्णय गरिएको नगरपालिकाकी उपप्रमुख कमला मगरले बताइन् ।
सप्तकोशी किनारमा रहेको वराहक्षेत्र मन्दिरमा माघे संक्रान्तिका दिन विशेष मेला लाग्नुका साथै पूजापाठ हुने गरेको छ ।