धरानः  श्रमजीवि पत्रकारहरुको साझा संगठन प्रेस चौतारी नेपालको २७ औ स्थापना दिवश मंगलबार पत्रकारहरुले देशैभर मनाउँदैछन् । सुनसरीको धरानमा पनि दिवस मनाइएको छ ।

दिवसलाई पत्रकारहरुले केक काटेर स्थापना दिनको संस्मरण गरे भने  रचनात्मकताको लागि फुटसल प्रतियो्गिताको आयोजना  गरियो । धरान १९ स्थित बुढासुब्बा फुटसलमा नेपाल उधोग तथा ब्यावसायी महासघ धरान र चौतारीबिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता  सम्पन्न भएको छ ।  प्रतियोगितामा चौतारीलाई ७,५ गोल अन्तरले पराजित गर्दै महासघ बिजतां भएको छ ।  

2-1

कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य तथा धरान उपमहानगरका पूर्व नगर उपप्रमुख मन्जु भण्डारी सुबेदी र प्रेस चौतारी सुनसरीका अध्यक्ष बिकास चाम्लिङले संयुक्त रुपमा केक काटेपछि फुटसल भएको हो ।  सबैसँग एकआपसमा भाईचारा कायम गर्न मैत्रीपूर्ण फुटसल कार्यक्रमको आयोजना गरिएको अध्यक्ष चाम्लिङले बताए ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य तथा कोशी प्रदेश सह इन्चार्ज देबेन्द्र कार्की, चौतारी केन्द्रिय सदस्य तथा सुनसरी इन्चार्ज एबम पत्रकार महसंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले, कोशी प्रदेससभा सदस्यद्वय बिजय राई र रमेश बस्नेत, एमाले प्रदेस कमिटी सदस्य तथा प्रचार प्रसार सह-सयोजक भिम ज्वाला राई लगायतको उपस्थिती रहेको थियो  । स्थापना दिवसकै अवसरमा आज साँझ ५ वजे भानुचौकमा दीप प्रज्वलन गरिने प्रेस चौतारी धरान नगरका अध्यक्ष रोशन दाहालले बताए ।