इटहरीः राष्ट्रपति विद्यादेवी भण्डारीले माघे सङ्क्रान्तिको अवसरमा शुभकामना दिएकी छिन् ।

राष्ट्रपतिको सन्देशमा भनएको छ, ‘आ–आफ्नै परम्परा र शैलीमा मनाउने माघे सङ्क्रान्ति पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु ।’

सन्देशमा राष्ट्रपति भण्डारीले थारु समुदायमा माघी पर्व नयाँ वर्षका रूपमा समेत धुमधामसँग मनाइने बताएकी छिन् । यस्ता पर्वले भौगोलिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान कायम गर्न उल्लेख्य योगदान दिने विश्वास आफूले लिएको सन्देशमा उल्लेख छ ।

Maghesankranti Mahotsav copy