इटहरीः न्युरोड टिम एनआरटीलाई पराजित गर्दै सगरमाथा युथ क्लब १५ औँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
इटहरी रंगशालामा आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा सगरमाथाले बुढासुब्बा गोल्डकप च्याम्पियन एनआरटीमाथी १–० को संघर्षपूर्ण जीत हात पार्यो । सगरमाथाको जीतमा बिदेशी खेलाडी रिचार्डले निर्णायक गोल गरे ।
एनआरटीको कमजोर रक्षापंतीको फाइदा उठाउदै खेलको सुरुवाती छैटौ मिनेटमा उनले गोल गरेका थिए । निर्णायम गोल गरेका उनी खेलको म्यानअफद म्याच घोषित हुदै नगद १० हजार रुपैया हात पारे ।
यो जीतसंगै सेमिफाइनल प्रवेश गरेको दुई पटकको च्याम्पियन सगरमाथाले मंगलबार हुने चर्च ब्वाइज युनाइटेड र धरान फुटबल क्लबबिचको अन्तिम क्वाटरफाइनल खेलको बिजेतासंग बिहिबार सेमिफाइनलमा प्रतिष्पर्धा गर्नेछ ।
सोमबारको तेस्रो क्वाटरफाइनल खेलमा मछिन्द्र फुटबल क्लब र झापा ११ फुटबल क्लबबिच प्रतिष्पर्धा हुन आयोजकले जनाएको छ । फागुन १० गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन ।।