इटहरीः विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेषज्ञ टोली इलाम जान तयारी अवस्थामा रहेको छ । प्रतिष्ठानका निर्देशक गौरिशंकर शाहकाअनुसार विशेष विशेषज्ञको चिकित्सकीय टोली इलाममा अनसनरत चिकित्सक गोविन्द केसीको स्वास्थ्य उपचारका लागि जाने तयारीमा छ ।
तर, नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले कति खेर जाने निर्देशन दिन्छ सोहिअनुसार आफु तयारी भएको शाहले प्रदेशपोर्टललाई जानकारी दिएका छन् । ‘हामी मन्त्रालयको निर्देशन मात्र कुरीरहेका छौं, अरु सम्पुर्ण तयारी सकिएको छ ।’ उनले भने ।

तर, मन्त्रालयको निर्देशन आउने बुझेर नै टोली तयारी अवस्थामा रहेको स्रोतले बताएकाे छ  ।

डा केसीलाई आइसियुमा राख्न चिकित्सहरुको सुझाव

Gobinda kc ilam pradeshportal.com
सत्याग्रहको सातौ दिन (मंगलबार) सम्मको अवस्थामा डा. गोविन्द केसीलाई आइसियुमा राख्नुपर्ने भएको छ । इलाम अस्पतालका चिकित्सकले जिल्ला अस्पतालमा आइसियु सुविधा नभएकाले डा. केसीलाई तत्काल अन्यत्र रेफर गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
केसीको स्वास्थ्य जाँच गरेका चिकित्सक डा. व्रिजेन्द्र कुमार साहले उनको मुटुको चाल घटबढ भइरहेको बताए ।

उनले भने 'प्राथमिक उपचारका लागि हामीले केही घन्टासम्मलाई औषधि व्यवस्था गरेका छौं तर उहाँको इच्छाविपरीत औषधि चलाउन मिल्ने अवस्था पनि छैन ।’

 केसीको घाँटी र दायाँ फोक्सोमा संक्रमण हुनुका साथै रोगसँग लड्ने क्षमता दिनहुँ कम भइरहेको चिकित्सक साहले बताए । ‘रगतमा चिनीको मात्रा कम भएको छ ’ उनले भने, ‘मुटुको चाल जाँच गर्दा यस्तो बिरामीलाई तुरुन्त आइसियु र सिसियु केयर चाहिन्छ । इलाममा यो सुविधा छैन ।’ डा केसीको आवाज नै बुझन छाडिएको छ ।

उनी आफै उठेर बस्न सक्ने अवस्थमा नरहेको चिकित्सकहरुले बताएका छन ।