इटहरीः गोविन्द केसी इलाममा अनसन बसेको आज ७ दिन पुगेको छ । एक हप्ता अघि विभिन्न माग राख्दै १६ औँ अनसन शुरु गरेका केसीको स्वास्थ्य अवस्था खतरापुर्ण रहेको छ ।

प्रदेश १ को महत्वपुर्ण स्वास्थ्य संस्थाको रुपमा रहेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने केसीको स्वास्थलाई मध्यनजर गरेर आइसीयू बेड खालि गरिएको छ । अहिले सम्म कुनै सरकारी निर्देशन नआएको हुँदा इलाम नै जाने कि नजाने भन्ने दोधार भए पनि चिकित्सकको टोली पुर्ण तयारीका साथ बसेको प्रतिष्ठानका निर्देशक डा. गौरीशंकर साहले प्रदेश पोर्टललाई जानकारी दिएका छन् ।
उनले सरकारी आदेश कुरीरहे पनि मानविय हिसाबले तयारी अवस्थामा रहेको बताए । सवारी, चिकित्सकको टीम, मेडिसिनलगाएतका सामाग्री तयारी रहेको र जान तयारी भएको बताएका हुन् ।

यद्धपि उनलाइ सडक या हवाई मार्गृहुँदै ल्याउने भन्ने निर्णय भने सरकारले गर्ने जानकारी दिए ।
सरकारसँग जोडिएको विषय भएको हुँदा प्रतिष्ठानको चिकित्सकीय टोली बलजवस्ति पनि जान नक्ने उनले बताए ।
यद्धपि केसीको स्वास्थ्य अवस्था बारे बारम्बार बुझि रहेको र सो अवस्थालाई ख्याल गर्दै प्रतिष्ठानमा उपचारका लागि आइसियू बेड तयारी अवस्थामा राखिएको समेत साहले जानकारी दिए ।