मोराहाङः माघे सक्रान्तीमा मकर नुहाउन र पूजा गर्न धार्मिक तथा ऐतिहासिक महत्व बोकेको तेह्रथुमको गौखुरीमा भक्तजनहरुको भिड भएको छ । गौखुरी र भकारी गरेर दुइ ठाँउमा मकर नुहाएर पुजाआजा गरिने गौखुरी धाममा बिहान झिसमिसेबाटै भिड बढेको मेन्छायमेम गाँउपालीकाका कर्मचारी मदन कोइरालाले बताए ।

तेह्रथुमको मेन्छायेम गाँउपालीकाको वडा नम्बर ५ र १ को सिमाना भएर बग्ने खोरुङ्गा खोलामा स्नान गरेर पुजाआजा गरि मनाइने माघे सक्रान्तीको दिनलाइ गाँउपालीकाले सार्वजनिक विदा पनि दिएको थियो ।

11 1

ओडारमा पसरेर गौखुरीमा र खोला तरेर भकारीमा पसेर पुजाआजको लागी धामको अध्यारो क्षेत्रमा गाँउपालीकाले बिजुली पुर्याएको थियो ।
गत बर्ष १ हजार हाराहारी भत्तजन र ४३ वटा भजन समुह आएको गाँउपालीका उपाध्यक्ष गाीतादेवी तिम्सीना गौतम बताउँछिन । यो साल १२ सय हाराहारीको सहभागीता भएको अनुमान गरेको उपाध्यक्ष गौतमले बताइन । ओझेलमा परेको र ८ हजार आसपास मात्रै जनसंख्या भएको मेन्छायेम गाँउपालीकाको गौखुरी धाम प्रचार अभावमा धेरै भक्तजनहरु आउन नपाएको गाँउपालीकाको भनाइ छ ।

मोराहाङ बजारबाट ३ किलोमिटर र जिरिखिम्ती बजारबाट ११ किलोमिटर सडक दुरिमा रहेको गौखुरीमा सामान्य दुइ पांग्रे र साना चार पांग्रे सवारीहरु पुग्छन । सडकको स्तर र प्रचारको मात्रा बढाएपछि मात्रै गौखुरीमा भक्तजनहरुको अत्यधिक भिड हुने गौखुरी धाम भएको वडा नम्बर ५ का अध्यक्ष शिवनाथ खापुङ बताउँछन ।22