केराबारीः मोरङको केराबारीमा पिकअप गाडीको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

केराबारी गाउँपालिका वडा नम्बर ८ का होम भण्डारीका छोरा ८ वर्षीय समीरको मृत्यु भएको हो । केराबारीबाट खोर्सानेतर्फ जाँदै गरेको को २ च १९३५ नम्बरको ब्रोइलर कुखुरा बोक्ने पिकअपले घरअगाडि खेलिरहेका समीरलाई ठक्कर दिएको थियो ।

ठक्करपछि बालकको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट बेलबारीका प्रमुख लीला श्रेष्ठले बताए । चालक तथा गाडी प्रहरी नियन्त्रणमा रहेको श्रेष्ठले बताए ।