धरान: पछिल्लो समय चलचित्र बजारमा कलाकार र कथा बस्तुले नयाँअनुहार र विषय बस्तु पाउन थालेको छ । नेपाली चलचित्र क्षेत्रमा पुरानो पुस्ता बिश्राम लिन खोजेको देखिन्छ भने नयाँ पुस्ताले चलचित्रबजारलाई स्पेशल बनाउने प्रयत्न गरिरहेको छ ।

त्यहि भिडमा स्पेशल हुनखोज्दैछन् गुरु लामाकार्की । चलचित्र क्षेत्रमा आफ्नो करियर बनाउने सोच राखेका गुरुले चलचित्र ‘मिराज’बाट ‘डेब्यू’गर्दैछन । त्याे पनि नायकको मुख्य भुमिकामा ।

निर्माता तथा कलाकार प्रकाश सुब्बाले निर्माण गरेको चलचित्र मिराज बैशाखमा देशभर एकै साथ रिलिजको तयारीमा छ ।चलचित्र मिराजको कथा बस्तुलाई अहिले निर्माण पक्षले ‘सस्पेन्स’ राखेको छ ।‘यो चलचित्रमाअहिले सम्म कसैको ध्यान नपुगेको फरक किसिमको कथा बस्तु छ’चलचित्रकानायक गुरु भन्छन् ‘फिल्म एक पटक हैन दोहोर्याएर हेर्ने अबस्था सृजना हुन्छ’ ।

चलचित्रले हाम्रो समाज र चरित्र बोल्छ त्यसलैले मेरो रोजाइमा यो क्षेत्र परेको हो,यो फिल्मले दर्शको मन जित्नेमा म विश्वस्त छुनायककार्कीले भने । धरानबाट अध्यन सकेर फिल्म खेल्नैका लागि उनी काठमाण्डौ आए । भन्छन् ‘मिराज फिल्मबाट म औपचारीक रुपमाकला क्षेत्रमा प्रबेश गरे यो पहिलो फिल्मले नै मलाई चिनाउने र स्थापित गराउने छ ।’
चलचित्र मिराजमा नायिकाको भुमिकामा रुवी आचार्य छिन्, उनको पनि यो पहिलो फिल्म हो ।फिल्ममा अशोक चेमजोङ, सरोज केसी, तिर्थ याक्सो,शिशिर सुबेदी,केशब रायमाझी,दिनेश कोइराला, भिम लामालगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

फिल्मको ट्रेलर सार्वजनिक हुन केही समय लाग्ने निर्माण पक्षले जानकारी दिएको छ ।चलचित्रको निर्देशन प्रकाश सुब्बाले गरेका छन् ।सुब्बाले निर्देशन गरेको पनि यो पहिलो फिल्म हो । सुब्बाले यसअघि त्रास, बाटो मुनिको फुल–२, गोल लगायत चलचित्रमा अभिनय गरिसकेका छन् ।

mirag film