विराटनगरः प्रदेश १ को हिउँदे संसदीय अधिवेशन यही माघ २० गतेदेखि शुरु हुने भएको छ ।
गत असोज २३ मा बर्खे अधिवेशन सकेर लामो समय स्थगित भएको संसद माघ २० गतेबाट शुरु हुने भएको छ ।
नाम र स्थायी राजधानीको छिनोफानो गर्ने आशा गरिएको संसदको हिउँदे अधिवेशन २० गते बोलाउने क्याबिनेटको निर्णय भएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए ।