१७ महिनाअघि सबै दायित्व सहित कम्पनी बिक्री गर्दा नि आनवश्यक हल्ला गरियोः लालबिक्रम

इटहरीः  पार्टी निलम्बनमा परि फुकुवा भएका रास्वपाका कोशी प्रदेश महामन्त्री लालबिक्रम थापाले जनता माध्यामिक विद्यालयलाई सम्झौता अनुसार भाडा नतिरी लाखौं रुपियाँ अनियमितता गरेको पाइएको छ । 

थापा सहितको समूहले इटहरीको आइतबारे हटाई लाइनमा रहेको जनता माध्यामिक विद्यालयको जग्गा मासिक १ लाख ७ हजार ५ सय १ रुपियाँ तिर्ने शर्तमा भाडामा लिएका थिए । 

थापाको सनमुन प्लाजा र जनता माध्यामिक विद्यालय बीच मासिक भाडामा विद्यालयको जग्गा दिन २०७५ साल चैत २१ गते सम्झौता भएको थियो । तर कार्यन्वयन भने २०७६ साल साउन १ गतेदेखि मात्र भएको थियो । सम्झौतामा हरेक दुई बर्षमा १५ प्रतिशतले भाडा बढ्ने शर्तपनि राखिएको थियो ।

WhatsApp Image 2025-06-25 at 22.05.50_25ebc01f 1

 १५ बर्षका लागि भाडामा लिने सम्झौतापछि थापा सहितको समूहले सो जग्गामा फलामको ट्रष्ट हालेर व्यवसायीक भवन निर्माण गरेका थिए । निर्माण लगत्तै उनीहरुले बिभिन्न व्यवसायीहरुलाई मासिक भाडामै लगाएका थिए । 

विद्यालयलाई जग्गा वापतको भाडा मासिक रुपर्मै बुझाउने शर्तमा थापा सहितको समूहले लिएपनि ०८२ सालसम्म आउँदा ७२ लाखबढी रकम विद्यालयलाई भाडा वापत बुझाउन देखिएको हालै गरिएको लेखापरिक्षण प्रतिवेदनले देखाएको छ । थापा सहितको समूहले व्यवसायीहरुबाट नियमित रुपमा भाडा लिएपनि विद्यालयलाई नबुझाएको पाइएको छ । 

WhatsApp Image 2025-06-25 at 22.05.49_ede43bd1

सार्वजनिक लेखा परीक्षण प्रतिवेदनअनुसार २०८१ सालको चैत्र मसान्तसम्म कूल भाडा रकम  ८१ लाख ५९ हजार ६ सय ५० पाउनु पर्नेमा  विद्यालयले हालसम्म केवल  ७ लाख ४९ हजार ५०० मात्र असुल गर्न सकेको छ । विद्यालयले अझै थापासँग ७४ लाख १० हजार १ सय  ५० भाडा वापतको रकम लिन देखिन्छ । यत्रो रकम लिन देखिदापनि थापा सहितको समुहबाट असुल उपर गर्न र सम्झौताका शर्त अनुसारका कार्वाही अगाडि बढाउन विद्यालय व्यवस्थापन समितिले खासै चासो देखाएको पाइएको छैन् । यो घटनामा इटहरी उपमहानगरपालिकाले खासै चासो नराखेको पाइएको छ । 

भाडा वापत विद्यालयलाई बुझाउनु पर्ने रकम अनियमितता गरेको जनाउँदै २०८० फागुन ७ गते पत्रमार्फत रास्वपा केन्द्रिय समितिले थापाको कोशी महामन्त्री पद र पार्टी सदस्यता नै निलम्बन गरेको थियो । थापाले छानविन अवधिमा भाडा वापतको सबै बक्यौता तिर्ने मौखिम प्रतिवद्धता व्यक्त गरेका थिए । सोही आधारमा पार्टीको अनुशासन आयोगले २०८१ असार २५ गतेदेखि उनको निलम्बन फुकुवा गरेको थियो । 

WhatsApp Image 2025-06-25 at 22.05.49_e0aed2f2

यसै आर्थिक अनियमितताका कारण रास्वपाले २०८० फागुन ७ गतेको पत्रमार्फत लाल विक्रम थापालाई कोशी प्रदेश महामन्त्री र सदस्य पदबाट निलम्बन गरेको थियो। थापाले छानबिन अवधिमा सबै बक्यौता तिर्ने मोैखिक प्रतिवद्धता दिएका थिए, जसका आधारमा पार्टीको केन्द्रीय अनुशासन आयोगले २०८१ असार २५ गतेबाट उनको निलम्बन फुकुवा गरेको थियो । तर थापाले सार्वजनिक लेखापरिक्षणमार्फत विद्यालयलाई भाडा तिर्न ७४ लाखबढी देखिएपनि हालसम्म नतिरेको पाइएको छ । 

मैले १७ महिनाअघि नै कम्पनी बिक्री गरिसकेः लालबिक्रम

विद्यालयलाई भाडा नतिरेको बिषयमा लालबिक्रम थापाले आफुले २०८० फागुन १३ गते नै  सबै दायित्व सहित कम्पनी नै अर्काको नाममा बिक्री गरिसकेको बताए । जसले कम्पनी लिएको हो, अब भाडापनि उसैले तिर्ने हो । तर राजनितिक हिसाबले मलाई सिध्याउन आफ्नै पार्टी भित्रका केही व्यक्तिहरु आफ्नो पछाडि लागेको थापाले दावी गरे । 

उनका अनुसार जग्गा भाडामा लिएर भवन निर्माण गरेपछि अनके समस्या आएपछि हिसाब किताब गरि भवन विद्यालयलाई नै बुझाउन खोजेको तर विद्यालय व्यवस्थापन  समितिका अध्यक्ष काशीनाथ दंगालले अनेकन कुरा गरेर अल्झाएपछि कम्पनी नै बिक्री गरिदिएको थापाले जनाए । 

WhatsApp Image 2025-06-26 at 08.28.19_9f9785c8

थापाले भने र्—मैले त विद्यालयको जग्गा संरक्षण गरिदिएको हो । बैंकबाट ऋण लिएर १ करोड १५ लाख लागनी गरेको हो । अझै पनि बैंकमा ऋण छ । मेरो ४ बर्ष समय र श्रम त्यही लाग्यो । तर बिक्री गरिसकेको कम्पनीका बारेमा बारम्बार अनावश्यक कुरा आईरहनु दुःखद कुरा हो ।’

WhatsApp Image 2025-06-26 at 08.28.18_a36f9c19

यो बिषयमा इटहरी उपमहानगरपालिकामा पनि मुद्धा परेको थापाले बताए । आफुले कम्पनी बिक्री गरिसकेकाले मुद्धा किनारा लगाईदिन पटक पटक मेयरलाई आग्रह गरेको तर किनारा लगाउने बिषयमा चासो नराखेको थापाले बताए । राजनितिक रुपमा एक खालको उर्जा लिएर अगाडि बढीरहेको आफुलाई पछि चुनावी मैदानमा समस्या पार्ने मनसाय आफ्नो मुद्धा किनारा जलाउन नचाहेको थापाले दावी गरे । 

उनले जनता माध्यामिक विद्यालयको नाममा रहेको ५ कठ्ठा जग्गा धेरै बर्षबाट गायब भएको तर त्यसको खोजीमा सरोकारवालाहरु कोही नलागेको दावी पनि गरे । 

WhatsApp Image 2025-06-26 at 08.28.18_7a033ab0