राष्ट्रिय चर्चामा घुमिफिरी नेपाल विद्यार्थी सङ्घ चर्चामा छ । आजदेखि नेवि सङ्घको हालको समिति भङ्ग हुँदैछ । सो समितिको म्याद थप्ने वा नयाँ व्यक्तिलाई नेतृत्व दिने भन्ने प्रश्न चुलिएको छ र नेवि सङ्घ अहिले हेडलाइन बनेको छ ।

४८ वर्षे इतिहास बोकेको विद्यार्थी सङ्गठन अहिले नयाँ नेतृत्वको बहसमा केन्द्रित भएकाले चर्चामा छ । नेवि सङ्घ अबको स्ववियु चुनावको सरगर्मीका कारणले पनि चर्चामा छ । जे होस् अहिले देशमा नेवि सङ्घको एक खाले बहसको माहोल छ ।

नेपाली विद्यार्थी र राजनीतिक आन्दोलनमा जोडिएको नेवि सङ्घको सैद्धान्तिक बहस यो आलेखमा गरिएको छैन । नीतिका कुराहरू पनि यहाँ गर्न खोजिएको छैन । नीतगत र सैद्धान्तिक रूपमा ‘क्लियर’ भए पनि आगामी नेतृत्वको सवालमा नेवि सङ्घमा अन्योल छ । हरेक सङ्गठनमा यस्तै हुन्छ । नीति र सिद्धान्त एक हुन्छ तर नेतृत्व दाबेदारहरू धेरै हुन्छन् । धेरैको दाबेदारीकै कारणले नेतृत्वमा बहस चल्छ ।

आज म नेपाल विद्यार्थी सङ्घका त्यागी, पुराना र युवा नेता राजीव ढुङ्गानाले नेवि सङ्घको केन्द्रीय नेतृत्वमा आउनुपर्ने आधार राख्दै छु । आधारभूत तहबाट केन्द्रीय नेतृत्वको सफल अभ्यास र अनुभव गरेका ढुङ्गानालाई नेवि सङ्घको अबको नेतृत्व दिनैपर्ने आधार यस्ता छन्ः

21151678_1388998877884134_4905388871878525695_n

१. ‘प्रनेका’ देखिको सक्रियता
राजीव ढुङ्गाना कलिलो उमेरमै राजनीतिक चेत भएका अग्रज नेता हुन् । तत्कालीन प्रनेका भनिने प्रतिबन्धित नेपाली काङ्ग्रेसमा २०४३ सालमै जोडिएका ढुङ्गाना पछि नेवि सङ्घ सुनसरीको सदस्य भएका थिए ।

त्यसयता नेवि सङ्घको केन्द्रीय समितिमा सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसकेका उनलाई नेवि सङ्घको नेतृत्वमा आउन पार्टीले ‘ग्रीन सिग्नल’ दिनुपर्छ ।

२. भूगोलदेखि केन्द्रसम्म बुझेका नेता
राजीव ढुङ्गानाको राजनितिक यात्रा लामो छ । २०४३ सालमा प्रनेकामा आबद्धता, २०४६ सालमा नेपाल विद्यार्थी सङ्घ सुनसरी सदस्य, विश्वप्रकाश शर्मा नेतृत्व कालमा नेवि सङ्घ केन्द्रीय सदस्य, २०६४ सालमा कल्याण गुरुङ नेवि सङ्घ अध्यक्ष हुँदा ढुङ्गाना कोषाध्यक्ष र २०६६ सालमा प्रदीप पौडेल अध्यक्ष हुँदा उनी उपाध्यक्ष भएका थिए ।

यसरी अचानक काकताली परेर वा कुनै कोटामा उनी नेता भएका होइनन् । सङ्घर्षले खारिएको नेता भएकाले उनी अबको नेविसङ्घको नेतृत्वमा आउनुपर्छ ।

३. लाभको पदमा नपुगेका नेता
३ दशक बढीको राजनीतिक यात्रा गरेका ढुङ्गाना अहिलेसम्म कुनै लाभको पदमा पुगेका छैनन् । अविवाहित ढुङ्गानाले राजनीतिक लाभको पद लिएका छैनन् । न त कुनै नियुक्ति नै लिएका छन् । कुनै लाभको पद नलिएर अनवरत राजनीतिमा सैद्धान्तिक र साङ्गठानिक रूपमा नेवि सङ्घमा सक्रिय ढुङ्गानाका थुप्रै साथी वा अनुजहरू लाभको पदमा पुगे पनि उनी भने पुगेका छैनन् । त्यसैले पनि उनलाई नेतृत्व दिनैपर्छ ।

४. विवादरहित व्यक्तित्व
राजीव ढुङ्गाना कुनै पनि विवादमा आएर आलोचना नखेप्ने प्रदेश १ को मात्रै होइन नेपाल विद्यार्थी सङ्घका थोरै नेताहरूमा पर्ने व्यक्ति हुन् । न गुटको विवादमा, न कुनै झगडामा, कतै पनि राजीव ढुङ्गानाको छवि धमिलिएको छैन । यही नधमिलिएको छविको ब्रान्डिङ गर्न र नेवि सङ्घमा पुनर्ताजगी दिन पनि ढुङ्गाना सबैभन्दा योग्य छन् । त्यसैले आगामी नेतृत्व उनलाई नै दिनुपर्छ ।
Mid page add from magh 25
५. बौद्धिक तथा त्यागी व्यक्तित्व
राजीव ढुङ्गाना अत्यन्तै बौद्धिक नेता हुन् । सङ्गठन, सिद्धान्त र जनपरिचालनमा बौद्धिक नेतृत्व दिने खुबी उनमा छ । साथै उहाँ त्यागी नेता पनि हो । आफ्नै ब्याचमा नैनसिंह महर अहिले नेवि सङ्घ अध्यक्ष हुँदा, जीतजङ्ग बस्नेत तरुण दल अध्यक्ष हुँदा र अन्य थुप्रै आफ्नै समकक्षी बराबरका व्यक्तिहरू विभिन्न राजनीतिक पदमा पुगे पनि क्षमता, योग्यता र विज्ञता भए पनि पनि नपुगेको एक्लो नेवि सङ्घको व्यक्ति नै ढुङ्गाना हुन् । यो कुराको कदर गर्न पनि उनलाई नेतृत्व दिनैपर्छ । गत वर्ष अध्यक्षको अफर आए पनि सहकर्मी नैनसिंह महरलाइ अध्यक्ष बनाउन सहयोग गरेकाले पनि यसपटक उनकै पालो हो ।

६. सुनसरीमा चुनाव जित्न युवा परिचालनको नेतृत्व
पछिल्लो समयमा भएको सङ्घ तथा प्रदेशको चुनावमा देशैभर नेपाली काङ्ग्रेसले पराजय बेहो¥यो । तर, सुनसरीमा भने अत्यन्तै राम्रो भयो । यो सबै हुनुमा युवा परिचालन र साङ्गठनिक सक्रियतामा ढुङ्गानको नेतृत्वले पनि केही अंश जस पाउँछ । यसरी पार्टीको भूगोलदेखि भावनासम्म बुझ्ने ढुङ्गाना नै अबको निर्विकल्प अध्यक्ष हुनुपर्छ ।

भट्टराई नेवि सङ्घ सुनसरीका जिल्ला नेता हुन्