सर्लाहीः सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ मोहनपुरमा गए साँझ केही आरजक व्यक्तिहरुले सोहजन (मोरिङ्गा) को बिरुवा वितरण गर्न गएका कर्मचारीहरुलाई दुर्वव्यवहार तथा सरकारी कागजात लुटपिट गरेको छ । वडा नं ५ निवासी नेकमा माओवादीका नेता रामविश्वास रायले समुहमा आई कर्मचारीहरुको मोवाइल खोस्दै गाली ग्लौज गर्दै दुर्वव्यवहार तथा सरकारी कागजात लुटेको प्रत्यक्षदर्शीले बताए ।

चन्द्रनगर गाउँपालिका कृषि शाखामा कार्यरत कर्मचारी उमाकान्त साह, रुपलाल साह सामी शाखामा कार्यरत रामस्वरुप महतो, सिमिन्द्र कुमार सिंह, भिखारी महतो, लगायतका कर्मचारीलाई माओवादीका नेता रायले चप्पल निकालेर समेत हान्न प्रयास गरेको थियो ।

आफूहरु पछि नहटदा कुटपिट नै माओवादीको नेता रायले गर्थे होला । रायले सोहजनको बेर्ना वितरण गर्दा गरेको भरपाई खोसेको र बेर्ना लिने स्थानीयको खिचेको भिडियो तथा फोटो मोबाइल खोसी डिलेट गरेको चन्द्रनगर गाउँपालिकामा कार्यरत कर्मचारी साहले बताए । यतिबेला चन्द्रनगर गाउँपालिकामा संघीय सरकारको सहयोगमा पोषणको लागि सोहजन कार्यक्रम चलिरहेको छ ।

सोही कार्यक्रमलाई नै लक्षित गरी कार्यक्रम बिथोलन उनीहरुले प्रयास गरेको अर्का सामी शाखामा कार्यरत कर्मचारी रामस्वरुप महतोले बताए । हामी अत्यधिक त्रसित छौं नभागेको भए अंगभंग हुन अवस्था थियो, अब सुरक्षाको प्रत्याभूति बिना आफुहरु काम नगर्ने महतोले बताए ।

उनीहरु गुण्डागर्दी गर्दै ८ जना कर्मचारी उपर फोहर गाली गलौज गरेको कुटपिट गर्न प्रयास गरेको साहले आरोप लगाए । माओवादी नेता रायको व्यवहार एकदमै खराब रहेको प्रत्यक्षदर्शीको भनाइ रहेको छ ।

अभद्र व्यववहार गर्ने सबै व्यक्तिहरु उपर ईलाका प्रहरी कार्यालय केशरगंजमा जाहेरी दिइएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ । अभद्र व्यवहार गर्ने माओवादी नेता राय, र धर्मेन्द्र यादवसहित अन्य ५ जनाविरुद्ध गाली बेज्जती तथा लुटपिट सम्बन्धी कसुरमा जाहेरी दिइएको गाउँपालिकाले जनाएको छ ।

चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले चन्द्रनगरमा सोहजन क्रान्ति सुरु भएको छ । यो उत्कृष्ट कार्यक्रम भएको हुदा केही अभद्र व्यक्तिहरुले कार्यक्रम बिथोल्नलाई कर्मचारी उपर हातपात तथा गाली गलौज गरेको बताए । आफुले राम्रा कार्यक्रमहरु संचालन गरेको र ति कार्यक्रम हेर्न नसक्ने ति व्यक्तिहरु गुण्डागर्दी गर्दै कार्यक्रम प्रभावित गर्न खोजेको उनले बताए ।

कर्मचारीको सुरक्षाको दायित्व आफुले लिने हुदा प्रहरीसँग समन्वय गरेर रामविश्वास राय लगायतको व्यक्तिलाई कारबाही गर्ने उनले बताए । कर्मचारीलाई अभद्र व्यवहार तथा कुटपिट गर्नु भनेको निन्दनीय कार्य भएको अध्यक्ष महतोले बताए । यो खबर राजधानी दैनिकबाट लिइएको हो ।