इलाम: नेकपाका नेता एवम प्रतिनिधीसभा शिक्षा तथा स्वास्थ्य समितीका सदस्य योगेश भट्टराईले डा गोविन्द केसीलाई कम्युनिष्टफोविया भएको आरोप लगाएका छन । उनले कांग्रेसको सरकार हुँदा समेत केपी ओली र प्रचण्डलाई गाली गर्ने डा केसीले अझै त्यो प्रवृती नछाडेको बताए । उनले भने ‘ डा केसी घोर कम्युनिष्ट विरोधी हुन । शेरबहादुर र सुशिल कोइरालाको पालामा समेत ओली र प्रचण्डलाई नै गाली गर्ने डा केसीले त्यो प्रवृती अझै छोडेका छैनन् ।’

प्रेस सेन्टर र प्रेस चौतारी इलामको आयोजना भएको पत्रकार भेटघाट एवम चिकित्सा शिक्षा विद्येयक सम्वन्धी अन्तरक्रियामा बोल्दै भट्टराईले डा केसी तष्टस्थ नरहेको आरोप लगाए । ‘कांग्रेसको जयजयकार गरेर कसरी व्यवसायिक भइन्छ । ४ तारे झन्डा बोकेर कांग्रेसका लागी भोट माग्ने केसी कसरी तटस्थ ?’ उनले प्रश्न गरे ।

चिकित्सा शिक्षा विधेयकको पुर्ण पाठ नै अध्ययन नगरी डा गोविन्द केसी अनसन बसिरहेको उनको आरोप छ । सरकारले बनाएको विभिन्न कार्यदलहरुको सुझावको आधारमा नै चिकित्सा शिक्षा विद्येयक बनेको बताउँदै डा केसीले फुलमाला लगाएर बधाई थाप्ने पर्ने बताए । ‘माग पूरा भएकोमा फुल माला लगाएर बधाई थाप्नु पर्नेमा डा केसी विद्येयक नै नपढी इलाममा आएर खुसुक्क अनशन बस्नुभएछ । डा केसीलाई एक कपी विद्येयक लगेर दिनुहोस आजै अनसन छाडेर आउनुहुन्छ ’ उनले भने ।

विद्येयक बनाउन डा केसीले महत्वपुर्ण भुमिका खेलेको स्मरण गराउँदै भट्टराईले भने ‘ काठमाण्डौं आउनुस् डा साब विधेयक बनाउन भूमिका खेलेकोमा हामी फूलमाला लगाएर स्वागत गरौंला ।’ संसद भन्दा माथी देशको कुनै पनि शक्ति नभएको उल्लेख गदै डा केसीसँग भएका सम्झौताहरु नै विधेयकमा समावेश भएको भट्टराईले बताए । उनले नेपालको इतिहासमा एउटा व्यक्तीकोे एजेण्डामा संसदमा चार महिना छलफल नभएको बताउँदै डा केसीको माग मात्र संसदबाट सम्वोधन भएको बताए । ‘राजा ज्ञानेन्द्रलाई समेत मान्य संसदको निर्णय डा केसीलाई किन मान्य नहुने ?’ भन्र्दै संसद भन्दा सर्वोच्च कोही नहुने उल्लेख गरे ।

चिकित्सा शिक्षासँग साइनो नजोडिएको द्वन्द्वकालीन मुद्धालाई समेत डा केसीले अगाडि बढाएको भन्दै नेता भट्टराईले ति मुद्धाहरु बोक्न जरुरी नभएको बताए । द्वन्द्वकालीन मुद्धा हेर्नका लागि आयोगहरु बनाइएकाले प्रक्रियागत रुपमा समस्या समाधान हुने उनले बताए । सहभागीहरुको जिज्ञासलाई सम्वोधन गर्दै डा केसीको अनशनले २० वर्षमा पनि इलाममा मेडिकल कलेज नखुल्ने नेता भट्टराईले बताए । विधेयकमा व्यवस्था भएको चिकित्सा विश्व विद्यालय मार्फत मात्र मेडिकल कलेज खोल्न संभव रहेको पनि उनले बताए ।

उनले संविधानपछि संसदमा सवैभन्दा बढी छलफल र बहस भएको चिकित्सा शिक्षा विद्येयक नै भएको बताउँदै नेकपा नेतृत्वको सरकारले बनाएको विद्येयक मुलुक र सम्पुर्ण चिकित्सा क्षेत्रको हितमा रहेको उल्लेख गरे ।