फाइल तस्बिर

इलामः इलामको रोङ गाउँपालिका–१ का हस्तबहादुर राईको घरमा आज दिउँसो आगलागी हुँदा करिब ३ लाख १० हजार मूल्य बराबरका क्षति भएको छ ।

घरको चुलोबाट अचानक आगलागी शुरु भई अगोले टिनको छाना र खम्बाले बनेको एकतले कच्ची घरमा भएका लत्ताकपडा, खाद्यान्न, भाँडावर्तन र नगदसमेत जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।