विराटनगरः ‘दह्रो घर, दिगो बस्ती’ प्रमुख नाराका साथ २१ औँ राष्ट्रिय भूकम्प दिवस आज विविध कार्यक्रमसहित विराटनगरमा मनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आयोजित सो कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका सल्लाहकार सूर्यभक्त साँगाछे, सङ्घीय मामिला कार्यान्वयन एकाइका प्रमुख काशी गुप्ता र विराटनगर महानगरपालिकाका इञ्जिनियर अर्जुन थापाले भूकम्पबाट जनधनको क्षतिलाई न्यूनीकरण गर्ने विषयमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए ।