फाइल तस्बिर

झापाः नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्रीलाई आत्मसमीक्षासहित ढिलासुस्ती र गल्ती बुझेर अघि बढ्न आग्रह गरेका छन् ।

नेपाल प्रेस युनियन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले सरकारले गल्ती गरोस् र प्रतिपक्षलाई फाइदा होस् भन्ने पक्षमा काङ्ग्रेस नरहेको बताए । उनले परिवर्तन र आन्दोलनका पक्षमा साथ दिने जनता निराश हुनु परेको जिकिर गरे । डा. गोविन्द केसीका माग सरकारले गरेको सम्झौताअनुरूप कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।