इटहरीः संगठित रुपमा सार्वजनिक सम्पतीको आय आम्दानी भ्रष्टाचार गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कोशी प्रदेशका महामन्त्री लालबिक्रम थापा विरुद्ध अख्तियारमा उजुरी दर्ता भएको छ । 

१५ बर्षका लागि इटहरी ९ को बुधबारे हटिया लाइनको जग्गा भाडामा लिने सम्झौता लालबिक्रम थापा सहितको समुहले विद्यालयसँग गरेको थियो । विद्यालयको  जग्गामा फलामको ट्रष्ट हालेर अस्थायी भवन बनाउनु पर्ने भएता पनि घर नक्सा पास नगरी व्यवसायिक भवन निर्माण गरेका थिए ।  

व्यवसायिक पक्की भवन निर्माण गरेर महङ्गो  भाडामा लगाएर सो बापत उठेको भाडा बापतको रकमको केही अंश नगर प्रमुख, वडा अध्यक्ष, निवर्तमान व्यवस्थापन समिती, प्रधानाध्यापकलाई दिने गरेको र विद्यालयलाई बुझाउनु पर्ने भाडा रकम कार्यपालिका बैठकबाट मिनाहा गराउन सबै मिलेर प्रपंच गरएिकोले तत्काल संगठित रुपमा सार्वजनिक सम्पत्ति माथि भएको भ्रष्टाचारको बिशेष रुपमा छानबिन गर्न उजुरीमार्फत माग गरिएको छ  ।

२ श्रावण सुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी दर्ता गरिएको हो । थापा विरुद्ध अख्तियारमा हालिएको उजुरीको दर्ता नम्बर सी ००२१५५ होे । 

त्यति मात्रै नभएर हालका  इटहरी उपमहानगरपालिकाका प्रमुख, वडा नं  ९ का वडा अध्यक्ष ,निवर्तमान विद्याालय व्यवस्थापन समिति र प्रधानाध्यापक समेतको मिलोमतोमा विद्यालयको नाममा रहेको अचल सम्पत्तिको संरक्षण गर्नुपर्नेमा अतिक्रमण भएको जग्गा विद्यालयको नियन्त्रणमा ल्याउन कुनै पहल नगरी नाजायज फाइदा लिने गरेको दावी समेत उजुरीमा गरिएको छ  । 

जनता माध्यामिक  विद्यालयको सो जग्गा मासिक १ लाख ७ हजार ५ सय १ रुपैयाँ भाडा तिर्ने सर्तमा  सनमुन प्लाजाले  ०७५ साल चैत्र २१ गते सम्झौता गरेको थियो । थापा समेतको सो कम्पनीले सम्झौता अनुसार २०७६ साउन १ गते देखि लागु हुने गरी मासिक १ लाख ७ हजार ५ सय १ रुपैया भाडा तिर्ने र प्रत्येक दुई बर्षमा १० प्रतशित भाडा बृद्धिको प्रावधान सहित १५ बर्षका लागि सम्झौता गरेको थियो । 

WhatsApp Image 2025-07-23 at 12.40.30_8f7cbabf

सम्झौता अनुसार २०८१ सालको चैत्र मसान्तसम्मको अवधि ५ बर्ष ९ महिनाको भाडा रकम कुल ८१ लाख ५१ हजार ६५० रुपैयाँ ८१ पैसा हुने उल्लेख छ । तर हालसम्म  लालबिक्रम थापा लगायत सनमुनले   विद्यालयलाई  ७ लाख ४१ हजार ५ सय रुपैयाँ मात्र प्रदान गरेको लेखापरिक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।  प्लाजाबाट बाँकी ७४ लाख १० हजार १५० रुपैयाँ ८१ पैसा विद्यालयले भाडा वापतको पैसा पाउन बाँकी देखिको तर हालसम्म भाँडा दिने बिषयमा थापाले चासो नदेखाएको अख्तियारमा दर्ता भएको उजुरीमा उल्लेख गरिएको छ । उठाईको भाँडामा थापाले अख्तियारको दुरुपयोग गरि हिनामिना गरेको दावी उजुरी पत्रमा गरिएको छ । 

उक्त स्थानमा पक्की भवन बनाएर र्आर्थक अनियमितता गरे पनि कागजमा भने विद्यालयलाई  जग्गा बापतको मात्रै मासिक भाडा बुझाउने गरी स्वार्थ समुहले योजना बनाएका थिए । यस बिषयमा व्यापक रुपमा पत्रपत्रिका र सामाजिक संजालमा समाचार आएपछि विद्यालयका प्रधानाध्यपक पशुपति सिग्देलले सनमुन प्लाजाका संचालक लालबिक्रम थापा लगायतका व्यक्तिहरुलाई पटक पटक बाँकी रकम तिर्न आग्रह गर्दा पनि कुनै चासो नदेखाएको भन्ने गरेको पाईएको अख्तियारमा दर्ता गरिएको उजुरी पत्रमा उल्लेख गरिएको छ ।  यस बिषयमा इटहरी उपमहानगरपालिकाले अहिलेसम्म कुनै चासो समेत नदिएको दावी समेत उजुरी पत्र मार्फत गरिएको छ । 

अख्तियारमा दर्ता गरिएको उजुरी पत्रमा भनिएको छ सनमुन प्लाजाका मुख्य संचालक लालबिक्रम थापा राष्ट्रिय स्वतन्त्र पार्टीका कोशी प्रदेश महामन्त्री रहेको बुझिएको छ । थापालाई यहि बिषयमा पार्टीले बिगत १ बर्ष अगाडि कारवाही स्वरुप निलम्बन गरेकोमा उल्लेखित भाडा वापतको रकम विद्यालयलाई बुझाउछु भनी लिखित कागज गरेपछि  निलम्बन फुकुवा गरेको भन्ने बुझिएको छ ।’

WhatsApp Image 2025-07-22 at 12.50.29_a1205ad6

 तर थापाले उक्त भाडा वापतको बक्यौता रकम नतिर्न इटहरी उपमहानगरपालिका, वडा कार्यालय, विद्यालयको निवर्तमान व्यवस्थापन समिति र प्रधानाध्यापक सबैको मिलोमतोमा  घरेलुमा गएर निः शुल्क शेयर दिएको तर पुरानो दायत्वि आफनै हुने गरी आँखामा छारो हाल्न सनमुन प्लाजा नामसारी गरेको देखिएको दावी उजुरी पत्रमा गरिएको छ । अख्तियारमा दर्ता भएको उजुरी पत्रमा भनिएको छ—‘सबै पक्ष संगठित भई विद्यालयको सार्वजनिक सम्पतिको संरक्षण र व्यवस्थापनमा गम्भिर लापरबाही गरेको र हालसम्म भ्रष्टाचारमै संलग्न व्यक्तिहरुको मिलेमतोमा विद्यालय व्यवस्थापन समिति गठन नगरी निवर्तमान समितिलाई नियम विपरित म्याद थप्ने योजना तयार गरेको  देखिन आएकोले सरोकारवालाहरुको तर्फबाट यो बिषयमा तत्काल  छानवनि गरी तुरुन्त कारवाहीको प्रक्रिया अगाडि बढाइदिनु हुन विनम्र अनुरोध गर्दछोै ।’ 

रास्वपाका कोशी प्रदेश महामन्त्री थापाले आफुसँग सरोकार नै नभएको बिषयमा साथीहरुले कता कता उजुरी हाल्छन् हाल्दै गरुन् । यो बिषयमा आफ्नो भन्नु केही नरहेको बताए । उनले आफ्नो पार्टी राजनिति सक्नका लागि केही पार्टी भित्रका र बाहिरका व्यक्तिहरु हात धोएर लागि परेको दावी गरे । थापाले भने —‘मेरै पार्टीका साथीहरुले म विरुद्ध अख्तियारमा उजुरी हालेका हुन् । उजुरी हाल्ने व्यक्तिलाई पनि म नजिकबाट चिन्दछु ।  पहिलो कुरा त म त्यो कम्पनीबाट कानुन अनुसार नै अलग भईसकेको व्यक्ति हो ।  कानुनी रुपमै कम्पनीमा नभएको व्यक्तिको  नाम जोडिरहन्छन् भने कसको के लाग्छ र रु मर्नु नहुँदो रहेछ त ।’

WhatsApp Image 2025-06-26 at 08.28.19_86bd27e1

इटहरी उपमहानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष जितेन्द्र थापाले विद्यालयले आफ्नो कार्यकालमा नभई अघिल्लो वडाअध्यक्षको कार्यकालमा जग्गा भाडामा दिने सम्झौता गरेको जानकारी दिए । अघिल्लो कार्यकालका वडाअध्यक्ष भूपेन्द्र बराललेलाई पनि थाहा नै नदिई विद्यालय व्यवस्थापन समितिले लालबिक्रम थापा सहितको टोलीसँग जग्गा भाडामा दिनका लागि सम्झौता गरेको थापाले बताए ।

लामो समयदेखि विद्यालयलाई जग्गा भाडा वापतको रकम नतिरेपछि पछिल्लो समय विद्यालयले आवश्यक समन्वय गरि भाडा असुल उपरका लागि वडा कार्यालयलाई पत्र पठाएपछि आफुले सहजिकरण मात्र गरिदिएको वडाअध्यक्ष थापाले बताए । सहजिकरणका क्रममा सबै कागजात मगाएर अध्ययन गर्दा नियम विपरित हचुवा भरमा विद्यालय व्यवस्थापन समितिले जग्गा भाडामा दिनका लागि सम्झौता गरेको आफुले पाएको थापाले बताए । उनले विद्यालय व्यवस्थापन समितिले लालबिक्रम थापा लगायतको व्यवसायीक कम्पनीसँग गरेको सम्झौता नै त्रुटिपूर्ण रहेको दावी गरे । 

विद्यालयले पत्र पठाएपछि प्राविधिक , वडा कार्यालयका जनप्रतिनिध, स्थानीय, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु र स्थानीय सरोकारवालाहरु राखेर भवनको मूल्यांकन समेत गरेर प्रतिवेदन दिएको वडाअध्यक्ष थापाले बताए । भवनको ८८ लाख मूल्यांकन गरेको उनले बताए । विद्यालयले भवन जिम्मा लिदा नै फाइदा हुने थापाले बताए । 

WhatsApp Image 2025-06-26 at 08.28.18_fafc91fe

वडाअध्यक्ष थापाका अनुसार इटहरी उपमहानगरपालिकाको अघिल्लो कार्यकालका जनप्रतिनिधहरुले भवन निर्माण कार्य रोकेका थिए । भवन निर्माण इजाजत विना नै अगाडि बढाएपछि नगरप्रहरी लिएर रोक्नका लागि तत्कालिन उपमेयर लक्ष्मि गौतम नै फिल्डमा पुगेको थापाले बताए । तर पछि जवरजस्ती भवन निर्माण गरि व्यवसायिक प्रयोजनका लागि भाडामा लगाएको आफुले पाएको थापाले बताए । भाडामा लगाउनु अघि गरिएको त्रुटिपूर्ण सम्झौता पत्रमा २ कठ्ठा जग्गा भनिएपनि फिल्डमा २३ धुर मात्र रहेको आफुले पाएको वडाअध्यक्ष थापाले बताए ।

विद्यालय व्यवस्थापन समितिको पहलमा इटहरी उपमहानगरपालिकाले भाडा नतिर्नेहरुलाई कालो सूचीमा राखेर भाडा असुल्ने गर्ने र निर्माण भई हाल संचालनमा रहेको व्यवसायिक उक्त भवन जफत गरि  विद्यालयको मातहतमा ल्याउनु पर्नेमा वडाअध्यक्षको जोड छ । यस सम्बन्धमा थप जानकारी लिन विद्यालय व्यवस्थापन समितिका तत्कालिन अध्यक्ष काशीनाथ दंगाललाई सम्पर्क गर्दा उनको मोबाईलको स्वीच अफ गरिएको छ ।