फाइल तस्बिर 

झापाः नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कमजोर सरकार र निरीह प्रतिपक्षका कारण जनतामा निराशा बढ्दै गएको बताएका छन् ।

भद्रपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिटौलाले बहुमत पाएको बलियो वर्तमान सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको बताए । दुई तिहाइको सरकार आएपछि जनतामा ठूलो आशा जागेको भए पनि बिस्तारै जनता निराश हुँदै गएको उनले बताए । प्रतिपक्षमा रहेको काङ्ग्रेसले पनि गतिलो भूमिका निर्वाह गर्न नसकेको उनले स्वीकार गरे ।

नेता सिटौलाले सङ्घीय संरचनाअनुसार काङ्ग्रेसलाई रूपान्तरण गरी जनताका घरदैलोसम्म लैजानुपर्नेमा जोड दिए । वाइड बडी विमान घोटालाका विषयमा काङ्ग्रेसको महासमिति भेलाले दोषीलाई कारवाही गर्नुपर्ने आधिकारिक धारणा प्रस्तावका रूपमा पारित गरेको उनले जनाए ।