बेलबारीः मोरङको बेलबारीकी एक महिलाले आफ्नो जन्मदिनमा विद्यालय र विद्यार्थीलाई सहयोग गरेकी छिन् ।

बेलबारी १ की नितु थापाले जनएकता आधारभूत विद्यलायलाई ५ थान पङ्खा तथा शिशु कक्षादेखि ५ कक्षासम्मका पहिलो, दोस्रो र तेस्रो विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेकी हुन् । विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यका साथ आफ्नो जन्मदिन विद्यलायमा मनाएको थापाले बताइन् ।