सङ्खुवासभाः दुर्घटना न्यूनीकरणको लागि सहयोग पु¥याउन भन्दै सङ्खुवासभाका खाँदबारीमा निजी तथा सार्वजनिक सवारी साधनका चालकहरूको सडकमा नै आँखा जाँच गरिएको छ ।
अस्थायी जिल्ला ट्राफिक प्रहरी पोष्ट सङ्खुवासभाको आयोजना तथा तेजरत्न आँखा तथा कान उपचार केन्द्रको प्राविधिक सहयोगमा बिहीबार चालकहरूको आँखा जाँच गरिएको हो ।
अस्थायी जिल्ला ट्राफिक प्रहरी पोष्ट सङ्खुवासभाका असई मानबहादुर खत्रीले सवारी चालकबाट दुर्घटना हुने भएकाले सुरक्षाको लागि आँखा जाँच गरिएको बताए । ‘आँखासम्बन्धी प्राविधिक टोलीले चालकका आँखा जाँच गरे । हामी सवारी साधन चेकजाँच गदैछौँ,’ उनले भने, ‘यसबाट चालक र सवारी साधन सुरक्षित राख्न सकिन्छ ।’
ट्राफिक सचेतनाका लागि आँखा परीक्षण कार्यक्रम सञ्चालन गरिएको अस्थायी जिल्ला ट्राफिक प्रहरी पोष्ट सङ्खुवासभाले जनाएको छ । ट्राफिक प्रहरीले नै सवारी चालकको आँखा जाँच गर्ने कार्यक्रम राखेपछि सवारी चालक खुशी भएका छन् ।