बेलबारीः दक्ष जनशक्तिको अभाव भएपछि मोरङको एक सामुदायिक वन उपभोक्ता समूहले पशु डाक्टर उत्पादन गर्न थालेको छ ।
मोरङको बेलबारी–२ लालभित्तीमा रहेको रमिते सामुदायिक वन उपभोक्ता समतिले प्राथमिक उपचारका लागि पशु डाक्टरको तालीम दिन थालेको हो । ग्रामीण पशु स्वास्थ्य तालीम दिएर जनशक्ति उत्पादन गर्न लागिएको वन समूहका अध्यक्ष प्रेम राईले बताए । गाउँमा पशुचौपाया सामान्य बिरामी हुँदा जडीबुटी तथा सामान्य औषधी चिनाउने जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ बुधबारदेखि तालीमको आयोजना गरिएको बताइएको छ ।
गाउँमै बसेर केही गर्छौं भन्ने युवालाई रोजगारी मिल्ने विश्वास लिएको सामुदयिक वन उपभोक्त समितिले जनाएको छ ।
अढाइ महिने सो तालीमको एक कार्यक्रमका बीच बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै मेयर सुुवेदीले नगपालिकाले आफ्नै गाउँको विकासका लागि प्राविधिक तयार पार्न लागेको बताए ।
यसैगरी, सो सामुदायिक वनले मुढा बन्ने तथा मोटरसाइकल मर्मत गर्ने तालीम समेत दिन थालेको छ ।