पाँचथरः मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिममा बुधबार राति भएको ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
दुर्घटनामा फिदिम–२ का ४३ वर्षीय जगत नेपालीको मृत्यु भएको हो । ट्याक्टर चालक फिदिम–४ निवासी विजय बर्देवासहित १४ वर्षीय छवि दर्जी र १५ वर्षीय उमेश दर्जी सख्त घाइत भएका छन् । घाइतेहहरूको पाँचथर जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि राति नै झापा र विराटनगरका विभिन्न अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पौडेलले जनाएका छन् ।
लालीखर्कवाट फिदिमतर्फ आउँदै गरेको मे १ त २९६१ नम्बरको ट्याक्टर फिदिम–२ ओदिन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।