इलामः इलामको माईबेनी मेलामा आयोजित कृषि प्रदर्शनीमा राम्रो फलफूल तथा तरकारी उत्पादन गर्ने किसानलाई पुरस्कृत गरिएको छ ।

माईजोगमाई गाउँपालिका र जिल्ला कृषि शाखाको आयोजनामा बुधबार सम्पन्न मेलामा सो गाउँपालिका र इलाम नगरपालिकाका ५० किसानले आ–आफ्ना उत्पादन प्रदर्शनीमा राखेका थिए ।

फलपूmल बालीतर्पm एभोकार्डोे व्यवसायी माईजोगमाई गाउँपालिका–४ का नकुर सेम्बो पहिलो र मेवा खेती गर्ने रमेश निरौला दोस्रो भए । सुन्तला खेती गर्ने किसान पदमबहादुर राई तेस्रो र भुइँकटहर खेती गर्ने किासन डिकबहादुर विष्ट तेस्रो भए । तरकारी बालीतर्पm माईजोगमाई–४ का श्रीप्रसाद देवान पहिलो, मनबहादुर देवान दोस्रो र आइतकुमार लिम्बू तेस्रो भए ।

लहरेबालीतर्पm झलकबहादुर खत्री पहिलो, नेत्रबहादुर बिष्ट दोस्रो र नवीन राई तेस्रो भए । अन्नबालीतर्पm माईजोगमाई–५ का नवीन राई र माईजोगमाई–४ का जगदीश चापागाई पुरस्कृत भए । उनीहरूलाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।