ताप्लेजुङः जिल्ला अस्पताल ताप्लेजुङमा २ वटा एम्बुलेन्स भए पनि लामो समयदेखि प्रयोगविहीन अवस्थामा हुँदा सेवाग्राही मारमा परेका छन् ।

एउटा एम्बुलेन्स वर्षाँैदेखि बिग्रिएर थन्किएको छ । गत भदौमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको अर्को एम्बुलेन्स अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । सरकारी अनुदानमा उपलब्ध सो एम्बुलेन्स बिरामी बोक्नुको सट्टा अन्य काममा प्रयोग गर्ने गरिएको छ ।

चालक नियुक्तिका लागि प्रदेश सरकारबाट सहमतिपत्र नपाएपछि ४ महिनादेखि उद्देश्य अनुरूप सो एम्बुलेन्स सञ्चालन गर्न नसकिएको बताइएको छ । पुरानो एम्बुलेन्स मर्मत खर्च अभावले थन्किएको छ ।

अस्पताल आफँैले करारमा चालक नियुक्ति गर्न नमिल्ने र प्रदेशबाट कर्मचारी नियुक्तिसम्बन्धी अनुमतिपत्र नपाएकाले एम्बुलेन्स सञ्चालन गर्न नसकेको अस्पतालका निमित्त प्रमुख डा सोनिङ लामाले बताए ।

एम्बुलेन्स प्रयोगविहीन बनेपछि सेवाग्राहीले चर्को मूल्य तिरेर व्यावसायिक संस्थाका एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ । कर्मचारी नियुक्तिसम्बन्धी अनुमति पाउनासाथ एम्बुलेन्स सञ्चालन गरिने लामाले बताए ।