इटहरीः एडुटेक नेपालले अहिले शिक्षा क्षेत्रमा युनाइटेड मिसन टु नेपालको साझेदारीमा माध्यमिक विद्यालयमा कम्प्युटर प्रयोगशाला सहयोग कार्यक्रम गरिरहेको जनाएको छ ।
सोही कार्यक्रमअन्तर्गत बिहीबार इटहरी–८ मा रहेको सरस्वती सतन माध्यमिक विद्यालयलाई २० थान कम्प्युटरसहित प्रयोगशाला हस्तान्तरण गरिएको छ ।
न्युजिल्याण्ड निवासी शिक्षासेवी सोलिम किस्लम र माहक किस्लमले सुनसरीका विभिन्न १० वटा विद्यालयमा कम्प्युटर शिक्षाका लागि कम्प्युटर प्रदान गरेका छन् ।
यसै क्रममा इटहरी–८ मा रहेको सरस्वती माविका लागि २० थान कम्प्युटर उपलब्ध गराइ कम्प्युटर कक्षको उद्घाटन गरिएको हो । सो अवसरमा दाता किस्लम दम्पत्तिले नेपाली विद्यार्थीको शैक्षिक गुणस्तर माथि उकास्न आफूहरुले यस प्रकारको सहयोग गरेको बताए ।
कार्यक्रममा प्रदेश सांसद लीलम बस्नेतले सो कम्प्युटर कक्षको उद्घाटन गरेका थिए । सुनसरीका अन्य १० वटा विद्यालयलाई पनि कम्प्युटर उपलब्ध गराइएको बताइएको छ ।