बेलबारी: केराबारी गाउँपालिकाको को १ च ५३३ नम्बरको स्कारपियो गाडी प्रहरी कार्यालयभित्रै तोडफोड भएको छ ।
गाडी तोडफोड भएको २ दिन बितिसक्दा समेत प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन । मङ्गलबार साँझमा प्रहरी चौकीमा गाडी राखेको तथा बुधबार बिहान गाडी लिन पुग्दा मात्रै सिसा फुटेको देखेको गाउँपालिकाकी उपाध्यक्ष शान्ति लिम्बूले बताइन् ।
‘प्रहरी कार्यालयभित्र नै यस्तो घटना भएको देख्दा अचम्म लाग्यो’, लिम्बूले भनिन्, ‘प्रहरी कार्यालयभित्र सडकबाट देखिने गरेर ड्राइभरले राखेका रहेछन् । बिहान गाडीको सिसा फुटेको भेटियो ।’
सिसा फुटाउन प्रयोग गरेको धारिलो ढुङ्गो समेत त्यहीँ थियो । यता इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामकुमार राईले घटनाको बारेमा अनुसन्धान भइरहेको बताएका छन् । बाटोबाट प्रष्ट देखिने ठाउँमा गाडी राखिएको र राती घटना भएको हुनाले पहिचान हुन ढिलो भएको उनले बताएका छन् ।