इटहरीः पूर्वीय वैदिक सनातन धर्मावलम्बीका आस्थाका केन्द्र मन्दिरहरूका टुँडालमा देखिन्छन् यौनिक मुद्राका कलाहरू ।

धार्मिक रूपमा यसरी देखिने कला अहिले कोरियाको एक पार्कमा पनि राखिएको छ । सो पार्कमा विभिन्न खाले लिङ्गका मूर्तिहरू बनाइएको छ । त्यहाँ मान्छेहरू ध्यान गर्न, घुम्न र रम्न जान्छन् । पार्कको सबैभन्दा चलेको लिङ्गको मूर्ति भने तोप आकारमा बनाइएका लिङ्गहरू हुन ।

कोरियाको गाङवोङ प्रान्तको बन्दरगाहको शहर भनिने सिननाम शहरमा यस्तो पार्क बनेको छ । कुनै समयमा समुद्री झार टिप्दै गर्दा मरेकी एक कुमारी प्रेमिकाको आत्मा शान्त पार्न यो पार्क बनेको मिथक रहेको बेलायतको डेलिमेलले लेखेको छ ।

डेलिमेलको १३ फेबु्रअरी २०१८ को एक समाचार अनुसार समुद्री आँधीबाट मरेकी कुमारी प्रेमिकाको यौन चाहना शान्त पार्न समुद्री माझीहरूले यस्ता मूर्तिहरू बनाएका हुन् । पछि त्यो पार्कमा रूपान्तरण भएको हो । यो पार्क बनेसँगै कोरियाका अन्य थुप्रै क्षेत्रमा यस्ता पार्कहरू बनेको पनि डेलिमेलले लेखेको छ ।